नियम
पुनरावेदनपत्रमा खुलाउनु पर्ने कुराहरु
न्यायाधिकरणमा दिइने पुनरावेदनपत्र अनुसूची–२ बमोजिमको ढाँचामा निम्न लेखिएका कुराहरु            खुलाइएको हुनुपर्छः–
(क) पुनरावेदक र विपक्षी प्रत्येकको पूरा नाउँ, थर, वतन,
(ख) पुनरावेदन गरिने फैसला वा अन्तिम निर्णयका मिति, फैसला गर्ने हाकिम र अड्डा वा कार्यालयको नाउँ,
(ग) सुरु फैसला हुँदा पुनरावेदक र विपक्षीहरु वादी प्रतिवादी के थिए ?
(घ) पुनरावेदन गरेको मुद्दाको खुल्न सकेसम्मको बिगो,
(ङ) पुनरावेदन न्यायाधिकरणका अधिकारक्षेत्र भित्रको र हद म्यादभित्र परेको कुरा,
(च) अध्यादेशको दफा ८ बमोजिम निर्धारित कर वा लागेको जरिबानाको रकम पूरै धरौट राखेको वा आधी धरौट राखी आधी बापत जमानी              दिई सम्बन्धित अधिकृतको निस्सा लिएकोमा सो निस्सा र कर वा जरिबाना नलागेकोमा पुनरावेदनपत्र दस्तुर रु. १।– साथ राखेको,
(छ) पुनरावेदन गरिने फैसला वा अन्तिम निर्णयले लागेको बिगो वा गरेको दण्ड सजाय र सो बुझाए नबुझाएको,
(ज) पुनरावेदन गरिएका फैसला वा अन्तिम निर्णयमा चित्त नबुझेको विषयमा दफा दफा खोली तथ्य र कानूनको बुँदा खुलाउने,
(झ) पुनरावेदन जिकिर र माग लेख्ने ।